वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार गठनका लागि सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले) बीच मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रीहरूको टुंगो लाग्न सकेको छैन । मन्त्रालय भागबण्डामा दुबै दलले आ–आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको स्रोतले बतायो । नव नियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । तर मन्त्री नियुक्ति टुंगो भने लागेको छैन् । सत्ता साझेदार दलका नेता एवं निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले नेकपा नेतृत्वको