गुलरिया : नेपालमा पाटेबाघको संख्या बढेको छ। पछिल्लो गणनाअनुसार ३५५ वटा रहेको पाटेबाघ २०८२ को सर्वेक्षणअनुसार ७४ वटा वृद्धि भएसँगै यसको संख्या ४२९ वटा पुगेको छ। गत वर्ष पुषको पहिलो सातादेखि सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजा २९ जुलाई अर्थात् विश्व बाघ दिवसका अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको हो। जसअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाट वृद्धि भई १४५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाट घटेर ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाट वृद्धि भई ७१, बाँ