काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूमा प्रस्तावित नाम सर्वसम्मतले अनुमोदन गरेको छ। बुधबार बसेको समिति बैठकले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरू गुरू वाग्ले र डा.राजीव सुब्बाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले निर्वाचन आयुक्त पदमा सुब्बा र वाग्ले अनि प्रमुख निर्वाचन आयुक्त पदमा कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।