वीरगन्ज : नारायणी अस्पताल प्रकरणमा वीरगन्ज–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडाका वडाध्यक्षहरु कार्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज–२५ का राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशीत भीडले अस्पतालमा तोडफोड गर्नुका साथै मेडिकल अफिसर डा. प्रमोद राममाथि निर्घात कुटपिट गरेको थियो । त्यसको विरोधमा वीरगन्जसहित देशभरका अस्पतालका चिकित्सकहरु उपचार सेवा ठप्प पार्दै हड्तालमा छन् ।&n