सिटिजन लाइफको बीमा सेवा साउन १४-१८ सम्म बन्द रहने

  • बुधबार १३ साउन २०८३ ०९:१६ AM
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा चार दिनका लागि अस्थायी रूपमा अवरुद्ध हुने भएको छ । कम्पनीले साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा बन्द रहने जनाएको छ । कम्पनीका अनुसार हाल प्रयोगमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई स्तरोन्नति गरी ‘आईसोलुसन भर्सन नेक्स्ट’मा प्रतिस्थापन गर्न