कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०९:१८ AM
काठमाडौं । कपिलवस्तुमा बुधबार ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना५ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डस्थित महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता, महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप र सोही स्थानका