काठमाडौँ महानगरपालिकाले माइतीघर र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य सुरु गरेको छ । बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा जल प्रवाहमा अवरोध पुर्याइरहेका संरचना तथा अवरोध हटाउन डोजर परिचालन गरेको हो । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण