सर्वोच्च अदालतले मुद्दाको प्रत्यक्ष प्रसारणसम्बन्धी स्पष्ट नीति तथा मापदण्ड तयार नभएसम्म चार किसिमका मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारका नाममा आदेश जारी गर्दै कानुनले गोप्य राख्नुपर्ने विषय, बन्द इजलासमा सुनुवाइ हुने प्रकृतिका मुद्दा तथा संवेदनशील विषयवस्तुको प्रत्यक्ष प्रसारण नगर्न