माइतीघरको डुबान समस्या समाधान गर्न ढल निकास फराकिलो बनाइँदै

  • बुधबार १३ साउन २०८३ ०८:५४ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षातको समयमा माइतीघर क्षेत्रमा डुबान हुने समस्या समाधानका लागि ढल निकासलाई फराकिलो बनाउन सुरु गरेको छ । केहीबेरको वर्षाले समेत माइतीघर क्षेत्र डुबान हुने गरेपछि महानगरले वडा नम्बर ११ स्थित सो क्षेत्रको डुबान समस्या समाधानका लागि निकासमाथि निर्माण भएका संरचनाहरू हटाउन थालेको हो । काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले निकासको अवरोध हटाउँदै ढल निकासलाई फराकिलो बनाएपछि डुबानको समस्या समाधान हुने बताए । उनले प्राविधिक समितिले समस्या पहिचान गरी प्रतिवेदन पेश गरेपछि सोही आधारमा समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए । पानी बग्ने बहाव क्षेत्रका केही ... The post माइतीघरको डुबान समस्या समाधान गर्न ढल निकास फराकिलो बनाइँदै appeared first on Kalika Khabar.