तीन मन्त्री बने रास्वपाको केन्द्रीय सदस्य

  • बुधबार १३ साउन २०८३ ०९:०३ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन जना मन्त्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। आज (बुधबार) सभापति रवि लामिछानेले उनीहरूलाई मनोनयन गरेका हुन्। मनोनीत हुनेहरूमा शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता र कृषि मन्त्री गीता चौधरी रहेका छन्। त्यस्तै सांसद यज्ञमणि न्यौपाने, नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।उनीहरूलाई सभापति लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका थिए। अहिले रास्वपाको केन्द्रीय समिति बैठक जारी छ। The post तीन मन्त्री बने रास्वपाको केन्द्रीय सदस्य appeared first on Kalika Khabar.