काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगका निर्णयहरू सर्वसम्मत, पारदर्शी र कानूनसम्मत हुनुपर्ने बताएका छन् । बुधवार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद ढुंगानाले आयोगको भूमिका र विगतका कमजोरीहरूबारे ध्यानाकर्षण गराएका हुन् । सुनुवाइका क्रममा सांसद ढुंगानाले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा भएको धाँधली र त्यसपश्चात् गठित संसदीय