काठमाडौं : कठमाडौ महानगरपालिकाले बर्षातको समयमा माइतीघर क्षेत्रमा हुने डुबानको समस्या समाधानका लागि ढल निकासलाई फराकिलो बनाउन सुरु गरेको छ । केहिबेरको बर्षाले समेत माइतीघर क्षेत्र डुबान हुने गरे पनि महानगरले वडा नम्बर–११ स्थित सो क्षेत्रको डुबान समस्या समाधानका लागि निकासमाथि निर्माण भएका संरचनाहरू हटाउन थालेको हो । काठमाडौं महानगर, बिपद् व्यवस्थापन बिभागका प्रमुख अनिरुद्र नेपालले निकासको अवरोध हटाउँदै ढल निकासलाई फराकिलो बनाएपछि डुबानको समस्या समाधान हुने बताए ।उनले प्राविधिक स