नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

  • बुधबार १३ साउन २०८३ ०३:०१ PM
काठमाडौं : आइसीसी विश्वकप लिग–२ अन्तर्गतको जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ । नेदरल्यान्ड्सको उट्रेचमा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको लागि प्लेइङ–११ मा दुई परिवर्तन गरिएको छ । नन्दन यादव प्रतियोगिताको दौरानमा घाइते भएपछि १६ औं खेलाडीको रुपमा रहेका हेमन्त धामीले आज सोमपाल कामीको स्थानमा खेल्ने छन् । त्यस्तै सन्दीप लामिछानेलाई बेञ्चमा राख्दै रोहितले ललित राजवंशीलाई टिममा म