बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र निस्सासिएर तीन जनाको गयो ज्यान

  • बुधबार १३ साउन २०८३ ०८:३८ AM
बाँके । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको