सर्वदलीय बैठकमा दलहरुको ७ बुँदे संयुक्त अपिल : सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह

  • बुधबार १३ साउन २०८३ ०७:४७ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमबारे गम्भीर समीक्षा गर्दै ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ । बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ