नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई ४२९ पुगेको छ । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा सार्वजनिक गर्दै बाघको सङ्ख्या अघिल्लो गणनाको तुलनामा ७४ ले बढेको जानकारी दिएको हो । यसअघि सन् २०२२ (वि.सं. २०७८) मा गरिएको गणनामा नेपालमा बाघको कूल सङ्ख्या ३५५ रहेको थियो