१ खर्ब २८ अर्बको भटमास तेल निर्यात, नेपालको कुल निर्यातमा ४० प्रतिशत योगदान

  • बुधबार १३ साउन २०८३ ०९:०७ AM
नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पु¥याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित गरेको छ