सुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन

  • बुधबार १३ साउन २०८३ ०८:०४ AM
सप्तरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ । हनुमानगर बजार पनि बन्द गरिएको छ । तिरहुत गाउँपालिका -४ डिमनमा हुलाकी सडकखण्ड अवरुद्ध पारी प्रदर्शन भइरहेको छ । यसअघि कन्चनरुप नगरपालिका वडानम्बर – ११ सिमरा चोकमा युवाहरुले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई नि:शुल्क उपचार तथा क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन् । यसैबीच, देवानगञ्जमा जारी कर्फ्युको असर छिमेकी जिल्ला सप्तरीमा समेत देखिन थालेको छ। पूर्वबाट हुने ढुवानी प्रभावित ... The post सुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन appeared first on Kalika Khabar.