काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रमुख राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि ७ बुँदे सामूहिक अपिल जारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकपछि संघीय संसद् र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामूहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन् । दलहरूको संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित सुनसरी लगायतका स्थानमा उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ । ‘सदियौंदेखि हाम्रो समाजमा कायम ... The post सामाजिक सद्भाव कायम गर्न ९ दलको ७ बुँदे अपिल appeared first on Kalika Khabar.