गोरखा : उत्तरी गोरखा र तिब्बतबीचको रुइला र ङुइला नाका दुई साताअघि खुल्यो। नाका खुल्नेबित्तिकै सीमा क्षेत्रवासीहरू यताका सामान उता बेच्न र उताका सामान किन्न लावालस्कर लागेर गए। यसपटक नाका खुलेर खासै राहत महसुस नभएको फर्केर आएपछि प्रतिक्रिया दिएका छन्। ‘अचेल त पहिलोजस्तो छैन। म त पोहोर साल नै वाक्कै भएर अबदेखि जान्न भनेर बसेको’, चुमनुब्री—७ का पासाङ लामा भन्छन्, ‘तर सानो काम परेर गएँ। जान त गएँ, तर अवस्था देखेर दु : ख लाग्यो। एउटा घरमा दुई, तीनवटा घोडा हुन्छन्। आफ