माइतीघरमा लघुवित्त पीडित : चिउराको सहारा, सडकको बास

  • बुधबार १३ साउन २०८३ ०२:०१ PM
काठमाडौं : काठमाडौंको माइतीघर मण्डलाको खुला सडकमा धनुषाकी बेचिनी मण्डलको बास छ। न्यायको याचना गर्दै काठमाडौं आइपुगेकी उनी घरबाट बोकेर ल्याएको चिउरा खाएर गुजारा चलाउँदैछिन्।सापटी मागेर ल्याएको ३ हजार रुपैयाँमध्ये घर फर्किने खर्चका लागि १५ सय रुपैयाँ जोगाएर बाँकी रकमले भोक टाल्नुपरेको दु : खेसो उनी सुनाउँछिन्। लघुवित्त संस्थाको निरन्तर दबाब, गाली र मानसिक तनाव सहन नसकेपछि उनी आफूजस्तै पीडितहरूसँगै आन्दोलनमा सहभागी हुन काठमाडौं आएकी हुन्।‘आवश्यक पर्दा ऋण लिएँ। सेवा शुल्क भन्दै रकम काटेपछ