सुनसरी : गत आइतबार रातिदेखि हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि अशान्त बनेको सुनसरी जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । सोमबार र मंगलबार उग्र बनेको दुवै पक्षको आन्दोलन बुधबारदेखि केही मत्थर भएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्मको पूर्व–पश्चिम राजमार्ग क्षेत्र तथा जिल्लाका १० स्थानीय तहमा जारी गरेको कर्फ्यु बुधबार पनि कायम राखेको छ । सुरक्षा निकायका अनुसार कर्फ्युका कारण सम्भावित अप्रिय घटना नियन्त्रण