काठमाडौं : त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम वर्षको प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र बाहिरियो। परीक्षा सुरु भएको केही समयमै सामाजिक सञ्जालमा प्रश्नपत्र र उत्तर एकैसाथ सार्वजनिक भएको घटनालगत्तै प्रहरीले छानबिन तीव्र पारेको छ।‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाउने ‘सुलभ सर’ भनिने व्यक्तिसहित केही पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आईजी