चोटको पीडा र रोड्रीको भविष्य

  • बुधबार १३ साउन २०८३ ०२:०१ PM
काठमाडौं : फिफा विश्वकप २०२६ मा स्पेनलाई विश्व विजेता बनाउन निर्णायक भूमिका खेलेका मिडफिल्डर रोड्रिगो हर्नान्डेज ‘रोड्री’का लागि विश्वकपको सफलता र चोटको पीडा एकैपटक आइपरेको छ।विश्व फुटबलको सबैभन्दा ठूलो व्यक्तिगत सम्मानमध्ये एक ‘गोल्डेन बल’ जितेको केही दिनमै रोड्रीले ढाडको समस्याका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आयो। यससँगै उनको क्लब करियर, आगामी सिजनको सुरुवात र चोटपछिको पुनरागमनलाई लिएर प्रश्न उठ्न थालेको छ।म्यानचेस्टर सिटीका नयाँ प्रशिक्षक एन्जो मारेस्काले रोड्