दाङमा नयाँ प्रणालीमार्फत सवारी चालक अनुमति पत्र नवीकरण

  • बुधबार १३ साउन २०८३ ०२:०१ PM
दाङ : दाङमा नयाँ प्रमाणालीमार्फत सवारी चालक अनुमति पत्र नविकरण थालिएको छ । देशभर  प्रणाली बन्द भइरहेका बेला यातायात व्यवस्था कार्यालय दाङबाट भने नयाँ प्रणालीमार्फत लाइसेन्स नवीकरण कार्य सफलतापूर्वक सुरु भएको हो ।यहि साउन १ गतेदेखि लागू गरिएको नयाँ EDLVRS प्रणालीमार्फत लाइसेन्स नवीकरणको काम दाङबाट मात्रै सञ्चालनमा आएको कार्यालयले जनाएको छ । नयाँ प्रणाली सुरु भएसँगै नेपालमै पहिलो पटक चार जना सेवाग्राहीले सेवा लिइसकेका छन् । नयाँ प्रणालीमार्फत लाइसेन्स नवीकरण गराउने पहिलो सेवाग्राही जयबहादुर प