दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती

  • बुधबार १३ साउन २०८३ ०७:३७ AM
जनकपुरधाम । दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीलाई सास्ती पुगेको छ । धनुषाको ढल्केबर–जनकपुर–जटही छ लेन सडकखण्डअन्तर्गत जनकपुरधामस्थित दुधमति खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी तथा यात्रु सास्ती खेप्न बाध्य छन् । जनकपुरधामलाई भारतको जटही नाकासँग जोड्ने रणनीतिक मार्गको महत्त्वपूर्ण संरचना हो, उक्त पुल । स्थानीय सुबोध नायकले लामो समयदेखि पुल निर्माणको