काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा सुशासन कायम गर्न राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र र निर्वाचन प्रणालीमा आमूल सुधारको आवश्यकता रहेको बताएका छन् । बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा आफ्नो धारणा राख्दै सांसद केसीले राजनीतिक दलहरू सुशासनको पहिलो पाठशाला भएको उल्लेख गरे ।