काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दललाई सधैं कायम राख्न नसकिने बताएका छन् । संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले दल दर्ता प्रक्रियालाई व्यवस्थित बनाउने आवश्यकता औंल्याउँदै निर्वाचनमा सक्रिय नहुने दलको व्यवस्थापन गर्नुपर्ने धारणा राखेका हुन् । ‘निर्वाचनमा सहभागी नहुने दललाई सधैं पालिराख्ने भन्ने हुँदैन,’ उनले भने