काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकमा नियमित सरकारी कामकारबाही, मन्त्रालयगत प्रस्ताव तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकका निर्णय भने मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिनेछ ।