काभ्रेपलाञ्चोक। रोटरी क्लब अफ काठमाडौँ हाइटले वातावरण संरक्षण, खाद्य सुरक्षा र कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले नमोबुद्ध नगरपालिका–४ स्थित श्री जनक माध्यमिक विद्यालयमा ७०० जलवायु उत्थानशील तथा उच्च मूल्यका फलफूलका बिरुवा वितरण तथा वृक्षारोपण गरेको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को ‘एक लाख वृक्षारोपण अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका ७०० विद्यार्थीलाई एक–एक फलफूलको बिरुवा प्रदान गरिएको