सडक डिभिजनका इन्जिनियरविरुद्ध २ करोड २६ लााखको भ्रष्टाचार मुद्दा

  • बुधबार १३ साउन २०८३ ०७:४८ AM
काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो । उजुरीका आधारमा अनुसन्धान गर्दा उनको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ