काठमाण्डु– सुनसरीको देवानगञ्जमा गोली चलेको घटनाको छानबिन गर्न गठित समितिको टोली घटनास्थल पुगेको छ। घटनास्थलमा पुगेको टोलीले मृतकको घर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग छलफल गरिरहेको छ। हाल देवानगञ्जको अवस्था सामान्य बन्दै गएको छ। छानबिन समितिले घटनास्थलको सूक्ष्म निरीक्षण गर्दै स्थानीयवासीबाट आवश्यक जानकारी संकलन गरिरहेको छ। देवानगञ्ज घटनाको सूक्ष्म अध्ययन गरी सत्यतथ्य पत्ता लगाउने