अभिजीत दीपके अमेरिका फर्किएका हुन् ? धर्मेन्द्र प्रधानको राजीनामापछि कहाँ छन् उनी ?

  • बुधबार १३ साउन २०८३ ०१:०१ PM
भारत : जन्तर–मन्तरमा आन्दोलनको नेतृत्व गरिरहेका कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । सामाजिक सञ्जालमा उनी अमेरिका फर्किएको दाबी समेत गरिएको छ । तर, उनकी आमा अनिता दीपकेले भने उनी अझै भारतमै रहेको र केही दिनभित्र घर फर्किन सक्ने संकेत दिएकी छन् ।यसैबीच, हालै महाराष्ट्र सरकारका मन्त्री सञ्जय शिरसाटले दीपकेको सुरक्षाको व्यवस्था गर्न माग गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार आन्दोलन समाप्त भएको केही समयपछि नै दीपके घर फर्किने तयारीमा थिए