नेपालगन्ज : बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्केर च्यापिदा तीनजना मजदुरको मृत्यु भएको छ । बाँके कोहलपुर नपा –३ शान्ति टोलमा एकजना व्यक्तिको घरको आगनमा बनाउँदै गरेको ट्यांकीको रिङ भत्केर तीनजनाको ज्यान गएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए।घटना बिहान ९ बजे तिर भएको हो। प्रहरीले कोहलपुर –३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु,२६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारुको