कप्तानगञ्जको अवस्था सामान्य बन्दै, छानबिन टोली र जिल्ला सुरक्षा समिति घटनास्थलमै

  • बुधबार १३ साउन २०८३ ०१:०१ PM
सुनसरी : सुनसरीको देवानगञ्ज–३ को कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न तनाव क्रमशः साम्य बन्दै गएको छ । बुधबारदेखि सुरक्षा व्यवस्था थप सुदृढ बनाइएपछि स्थानीय अवस्था पहिलेको तुलनामा शान्त देखिएको छ । घटनाको छानबिन गर्न गठित सरकारी समिति, जिल्ला सुरक्षा समिति तथा प्रशासनको टोली बुधबार कप्तानगञ्ज पुगेर घटनासम्बन्धी यथार्थ विवरण संकलनमा जुटेको छ ।टोलीले मृतक तथा घाइतेका परिवार, स्थानीय बासिन्दा र सरोकारवालासँग भेटघाट गरी घटनाबारे जानकारी लिइरहेको छ । स्थानीय पीडितहरूले सुरक्षा