काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङ सत्यदेवी-८ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका-८ बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्।गोप्य सूचनाको आधारमा रिजालको बैंकिङ कारोबारसम्बन्धी अनुसन्धानका क्रममा उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको देखिएको प्रहरीको दावी छ।सोह