केहि दिन शान्त रहेको मध्यपूर्वमा फेरि तनाव, अमेरिकी सैन्य अड्डामा इरानले गर्‍याे ‘अप्रत्याशित’ हमला

  • बुधबार १३ साउन २०८३ ०६:४९ AM
काठमाण्डु– अमेरिकी सेनाका अनुसार इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बलमाथि अचानक आक्रमण गर्ने प्रयास गर्दै धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। यसले केही समयदेखि रोकिएको अमेरिका–इरानबीचको सैन्य तनाव पुनः चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार मंगलबार अमेरिकी पूर्वी समयअनुसार साँझ ५ः४५ बजे आक्रमण भएको थियो। सेन्टकमले सबै क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरी निष्क्रिय