काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको निगरानीमा उपचार जारी रहेको र अवस्था सुधारोन्मुख भएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए । उपचारमा संलग्न चिकित्सककाअनुसार उनले भित्री कानमा समस्या