एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेका छन् । भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छन् । एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा