काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध परेको उजुरीका सम्बन्धमा बुधवार संसदीय सुनुवाइ समितिले उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरेको छ । समितिको बैठकमा आफ्नो धारणा राख्दै लुइँटेलले प्रस्तावित आयुक्त कार्कीको विगतको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनले राज्यलाई ५० करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्याएको दाबी गरे । उजुरीकर्ता लुइँटेलकाअनुसार सन् २०२२ को फिफा विश्वकप प्रसारणको