काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उद्योगी–व्यवसायीलाई ढुक्क भएर लगानी बढाउन आग्रह गरेका छन् । सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । मंगलबार अर्थ मन्त्रालयले बजेट कार्यान्वयनबारे सुरु गरेको छलफल कार्यक्रममा तीन दर्जनभन्दा बढी उद्योगी–व्यवसायीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्र नै देशको आर्थिक विकासको मुख्य