सुनसरी घटना : सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता

  • बुधबार १३ साउन २०८३ ०६:२६ AM
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको साझा सम्पत्ति भएकाले यसको संरक्षणका लागि सबै राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रसरतामा सुनसरीको पछिल्लो घटनाक्रम र सामाजिक सद्भावका विषयमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने पहल