गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने
बुधबार १३ साउन २०८३ ०५:४० AM
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो ।