अमेरिका : इराकको पपुलर मोबिलाइजेसन फोर्सेस (पीएमएफ) ले साउदी अरब र अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणमा आफ्ना आठ सदस्य मारिएको र अन्य चार जना घाइते भएको जनाएको छ । साउदी अरब र अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा इराकस्थित इरान समर्थित मिलिसिया समूहहरूलाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरिएको जनाएको छ । ती समूहहरू अमेरिकी सैनिक र साउदी अरबको ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणका लागि जिम्मेवार रहेको दाबी गरिएको छ ।साउदी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्