काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा बुधवार पनि सामूहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलवारदेखि शुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ । आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि