चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि किमो लगाउन बिरामीलाई पाँच दिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिब ३०० बिरामी किमोका लागि सेवा लिन आउने भए पनि करिब २०० लाई मात्र किमो दिन सकिएको छ । एक सय ५० शय्या किमोका लागि