काठमाण्डु – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय बैठक बोलाएका छन् । सुनसरीमा भएको घटनाका विषयमा छलफल गर्न मुख्यमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बुधबार दिउँसो साढे १२ बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक बस्नेछ । बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् ।