काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सुनसरी–मोरङ क्षेत्रमा फैलिएको तनावको विषयमा प्रधानमन्त्री र गृहमन्त्री गम्भीर बन्न नसकेको देखिएको बताएका छन् ।रास्वपाले आह्वान गरेको सर्वदलीय बैठकपछि आफ्नो धारणा राख्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सर्वदलीय वैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्री उपस्थित नहुनु सामाजिक सद्भाव कायम गराउने कुरामा गम्भीर बन्न नसकेको हो कि जस्तो देखिएको बताएका छन् । नेता आङदेम्बेले यस्तो संवेदनशिल अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपति र अन