मागअनुसार आपूर्ति नहुँदा कोशीमा ग्यास संकट, अधिकांश डिलरका गोदाम रित्तिए

  • बुधबार १३ साउन २०८३ ०४:१७ AM
इटहरी। कोशी प्रदेशका प्रमुख शहर इटहरी, धरानलगायत क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। उद्योगबाट मागअनुसार ग्यास आपूर्ति हुन नसक्दा अधिकांश डिलर र विक्रेताका गोदाम खाली भएका छन् भने उपभोक्ता खाली सिलिन्डर बोकेर डिलर–डिपो धाउन बाध्य भएका छन्। इटहरी र धरानका अधिकांश ग्यास डिपोमा पछिल्ला केही सातादेखि नियमित आपूर्ति हुन नसकेपछि नयाँ सिलिन्डर