देवानगञ्ज घटनाः मृतकलाई सहिद घोषणा गर्न पीडित परिवारको माग

  • बुधबार १३ साउन २०८३ ०४:३३ AM
सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताका परिवारले सरकारसमक्ष मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन्। मंगलबार मृतकका परिवारले सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत सरकारलाई ९ बुँदे ज्ञापनपत्र बुझाउँदै मेहतालाई सहिद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका